खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्दै बुढानीलकण्ठ स्कुल, दरखास्त माग

२०८० कार्तिक ३, शुक्रबार

काठमाडौँ : बुढानीलकण्ठ स्कुलले खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्ने भएको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्रिन्सिपलका लागि दरखास्त माग गरेको छ ।

बुढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रिन्सिपल नियुक्त गर्ने निर्णय गरेको हो ।

४० वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशन भएको २१ दिनभित्र दरखास्त दिन सूचना जारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार