म्याग्दी : इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु हुँदा घटनाबाट जोगिएका म्याग्दीका मसबीर रोका बाँचेर नेपाल आउँदा पनि त्रास कायमै रहेको बताएका छन् ।
माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समयमा वैदेशिक रोजगारीको सिलसिलामा २०६० मा इराक जान प्रस्थान गरेको भए पनि २०६१ भदौमा इराक पुगे । १२ जनाको हत्या भएको घटनाले सधैँ तर्साउने उहाँको अनुभव छ । उनले भने, “म ३५ वर्षको हुँदा २०६० मा घरबाट हिंडेको थिएँ, चार महिना भारत बसियो, ६ महिना जोर्डन र त्यसपछि इराकको बगदादमा गएर एक हप्ता बसेपछि बिवान भन्ने कम्पनीमा काम गरें ।’
बेनी नगरपालिका –१० का वडा अध्यक्ष रोका इराकमा दुई हजार डलर आम्दानी हुने लोभमा भारतमा चार महिना र जोर्डनमा छ महिना बस्दै झण्डै एक वर्षमा इराक पुगेका थिए । बेनी नगरपालिका –१० कै कुमार राम्जाली र रघुगंगा गाउँपालिका –५ झिँका अर्का एक गरी म्याग्दीका तीन जना इराक पुगेका थिए । जोर्डनबाट इराक जाने क्रममा लमजुङका तीन जना र म्याग्दीका तीन जना एउटा गाडीमा चढेको उनले सुनाए ।
उनले भने, “म एक वर्ष लगाएर इराक पुगेपछि पाँच वर्ष बसेर फर्किएँ । तर मजस्तै भारत हुँदै कयौं समय लगाएर बिदेश जानेहरु निकै जोखिममा छन् ।” इराक पुगेपछि एउटा होटलको भुइमै सुतेको उनले अनुभव सुनाए ।
“ट्वाइलेटमा प्रयोग गर्ने पानी पिएर बाँच्ने प्रयास गरेका थियौं । १० जना साथीलाई त आतङ्ककारीले हत्या गरिदियो । हामी भने भाग्यले बाँच्यौं । कतिपय नेपाली विदेश गएर मृत्यु भएको हो, वा जीवित छन् भन्नेसम्म पनि थाहा छैन” उनले भने ।





