अस्पतालमा दाताको नाम राखिने

२०८० कार्तिक ५, आईतवार

लहान : मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल लहानमा दाताको नामसमेत थप्ने निर्णय गरेपछि लहानका बासिन्दा खुसी भएका छन् ।

मधेश प्रदेश मन्त्रीपरिषद्ले दाताको नामसमेत राखेर अस्पतालको नामकरण गर्ने निर्णय शुक्रबार गरेको थियो । दाता परिवारकै नाम रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई मधेश प्रदेश सरकारले २०७८ साल चैतमा प्रादेशिक अस्पताल लहान नामकरण गरेपछि दाता शारडा र मुरारका परिवार रुष्ट भएका थिए । दाता परिवारको नाम हटाउन नहुने भन्दै लहानमा यसको विरोध भएको थियो । त्यसपछि विभिन्न राजनीतिक दल, नागरिक अगुवा तथा जनप्रतिनिधिहरूले दाताको नाम थपेर अस्पतालको पुनः नामकरण हुनुपर्ने मागसहित मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष आग्रह गरेका थिए ।

वचन दिएको दुई महिनापछि रामकुमार शारडा उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान नामकरण गर्ने प्रस्ताव प्रदेश मन्त्रीपरिषद्ले गरेपछि लहानका स्थानीयवासी खुसी भएका लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले बताए । “स्थानीयवासीको मागलाई प्रदेश सरकारले सम्बोधन ग¥यो । अब दाता परिवारले एक बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा रजिस्ट्रेसन पारित गरिदिनु पर्छ,” उनले भने ।

दाताको नामबाट अस्पतालको नामकरण हुनुपर्ने, अस्पताल विकास समितिमा दाता परिवारबाट दुई सदस्य मनोनीत हुनुपर्ने मागहरूमध्ये दाता परिवारको नामबाट अस्पतालको नामकरण गर्ने निर्णय प्रदेश सरकारले गरिदिएपछि अस्पतालको नाउँमा जग्गा पारित गरिदिने दाता परिवारका तर्फबाट मुरारीलाल मुरारकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार