कालिकोट : कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १० मा एक जना युवाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रवार राती अन्दाजी वर्ष २४ का रमेश शाहीको मृत्यु भएको र शनिवार दिउँसो मात्र जानकारी आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन केसीले स्थानीय नमराज शाहीको गाईबस्तु बाँध्ने गोठमा रमेशको शव फेला परेको बताए । घटना निकै शङ्कास्पद भएकाले स्थानीय नागरिकसँग सोधपुछ चलिरहेको बताए । केही स्थानीयले भने बाहिर विवाद भएको बताए पनि प्रहरीलाई भने कुनै विवाद नभएको बताउँदै आएका छन् । मृतकका घर परिवारले पनि कसैसँग शङ्का गरेकाे छैन । प्रहरीले घटना शङ्कास्पद भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।





