भाइको निधनका कारण अध्यक्ष नेपालले दसैँ नमनाउने

२०८० कार्तिक ५, आईतवार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यो वर्षको दसैँमा कसैलाई टीका नलगाउने तथा कसैबाट टीका ग्रहण नगर्ने भएका छन् ।

भाइ सरोजकुमार उपाध्यायको गत २० फागुनमा निधन भएका कारण यो वर्ष नेपाल परिवार शोकमा भएकाले टीका कार्यक्रम नभएको समाजवादी प्रेस संगठन अध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिए ।

अध्यक्ष नेपाल भने दसैँको अवसर पारेर मतदाता भेटघाटका लागि गृह जिल्ला  रौतहट पुगेका छन् । उनी दसैँपछि मात्र काठमाडौँ आउने अध्यक्ष सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार