कंकालिनी मन्दिरमा ६ सय बढी राँगाको बली

२०८० कार्तिक ६, सोमबार

सप्तरी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित नेपालकै प्रसिद्ध कंकालिनी मन्दिरमा यो वर्ष छ सय तीन वटा राँगाको बली दिइएको मन्दिर समितिले जनाएको छ ।

हरेक वर्ष दसैंको महानवमीमा यो मन्दिरमा राँगा बली दिइने चलन छ । भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै भक्तजनहरुले आजकै दिन यहाँ राँगा बलीका लागि ल्याउनेगरेको मन्दिर समितिका सल्लाहकार बिनोद माझीले जानकारी दिनुभयो । राँगाको बली दिनेक्रममा वली हेर्न देशैभरी र भारतबाट समेत मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार