हमासले दुई इजरायली बन्धकलाई छाड्यो

२०८० कार्तिक ७, मंगलवार

काठमाडौं : कट्टरपन्थी समूह हमासले थप दुई बन्धकलाई रिहा गरेको छ । दुबै इजरायली नागरिक हुन् । रिहा भएका दुबै वृद्ध महिला ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई उपचारका लाति तेल अविव ल्याइएको छ ।

बीबीसीका अनुसार हमासले मानवीय र स्वास्थ्यका कारण उनीहरुलाई रिहा गरिएको बताएको छ । इजरायलले बन्धकहरुको रिहाइका लागि मध्यस्थता गरेको मिश्रसँगै दुबै महिलालाई ल्याउन महत्वपूर्ण भूमिका खेलेको रेडक्रसलाई धन्यवाद दिएको छ । इजरायली अधिकारीहरुका अनुसार नुरित कपुरका ८५ वर्षका पति अमीरम र लिफशिट्जका ८३ वर्षका पति ओडेडलाई भने अहिले पनि हमासले बन्धक बनाएको छ ।

७ अक्टोबरमा १४०० भन्दा बढीको ज्यान जाने गरी इजरायलमा आक्रमण गरेको हमासले दक्षिणी क्षेत्रबाट २०० भन्दा बढी मानिसलाई बन्धक समेत बनाएको थियो । उनीहरुमध्ये दुई अमेरिकी नागरिकलाई केही दिन पहिले हमासले रिहा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार