नेपालले यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै

२०८० कार्तिक १०, शुक्रबार

काठमाडौं : त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । सिरिजमा नेपालले पहिलो पटक टस हारेको हो भने दोस्रो पटक पहिले ब्याटिङ गर्न लागेको हो । नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो । युएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो ।

फाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । अलराउण्डर विवेक यादवको स्थानमा स्पीनर ललित राजवंशी पहिलो रोजाईँमा खेल्दैछन् ।खेल ११ बजे टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार