नेकपा एसको केन्द्रीय परिषद सदस्य एमाले प्रवेश

२०८० कार्तिक १०, शुक्रबार

रूपन्देही : नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा दाङ क्षेत्र नं. १ का इञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमा फर्किएका छन् ।

दाङ लमहीमा आयोजित कार्यक्रममा समाजवादी परित्याग गरी गैरे नेकपा एमालेमा प्रवेश गरेका हुन् । ‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्यूनिष्ट आन्दोलनलाई अघि बढाउन सकिँदो रहेनछ । म मूलधारमा फर्किएँ’ सम्वोधनका क्रममा उनले भने, ‘समाजवादी मोर्चामा माओवादीको एकाधिकार हुन थाल्यो । त्यसले आन्दोलनलाई अघि बढाउन सकिँदैन । म एमालेमै फर्किने निधो गरेँ र अहिले पार्टी प्रवेशसमेत गरिसकेको छु । पार्टीले दिने जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरेलाई पार्टी प्रवेश गराएका हुन् । दाङका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अधिकांश एमालेमा प्रवेश गर्दै जाँदा एकीकृत समाजवादी कमजोर बन्दै गएको छ ।यसअघि यहाँबाट केन्द्रीय सचिव भागवत विश्वासीसहित जिल्ला अध्यक्षसहित केन्द्रीय स्तरका नेताहरु एमालेमा प्रवेश गरिसकेका थिए । यसले गर्दा नेकपा एसका नेता तथा दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद मेटमणी चौधरी आफ्नो निर्वाचन कमजोर बन्दै गएको एमाले नेताहरूको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार