बझाङ : इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ । हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । गएको एक महिना नबित्दै केही विद्यार्थीहरू इजरायलमाथि हमासले गरेको क्रूर आक्रमणको सिकार भए । उक्त आक्रमणमा गणेशसहित १० जना नेपालीको मृत्यु भइसकेको छ भने एक जना विद्यार्थी विपिन जोशी अझै सम्पर्कविहीन छन् ।





