नढोगेको निहुँमा युवकको हत्या, २ जना पक्राउ

२०८० कार्तिक १०, शुक्रबार

सल्यान : सल्यानमा २० वर्षीय युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागचौर नगरपालिका– ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन् ।

उनीहरूले कात्तिक ४ गते गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई ढोग नगरेको विषयमा कुटपिट गरेका थिए । सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार मैदानमा सहभागी केशरले घनश्यामलाई ढोग गर्न भनेका थिए । खुट्टामा ढोग गर्न लगाएपछि घनश्यामले अस्वीकार गरेका थिए । त्यसपछि उनीमाथि कुटपिट भएको थियो ।

सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले घाइते घनश्यामको भारतको नानपारामा बुधवार बिहान मृत्यु भएको जानकारी दिए । घनश्यामका परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार केशरलाई बुधवार बेलुका बागचौर नगरपालिका ९ मौरीघारे र सन्तोषलाई दाङको तुलसीपुर उपमहानगरपालिका १२, रझेनामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार