कलाकार प्रकाश घिमिरेको स्वास्थ्य सुधारोन्मुख

२०८० कार्तिक ११, शनिबार

पोखरा : भीरबाट लडेर गम्भीर घाइते बनेका अभिनेता प्रकाश घिमिरे बोल्न थालेका छन् । शुक्रबार बिहान घाँस काट्ने क्रममा पोखराको नदीपुरको भीरबाट लडेर उनी गम्भीर घाइते भएका थिए ।

आइसियुमा उपचाररत घिमिरे शनिबार बिहानबाट बोल्न थालेको उनका साथी प्रेम पुनले जानकारी दिए । कलाकार घिमिरेको टाउको र शरीरमा चोट लागेको छ ।

उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएकोमा चिकित्सकले तत्काल लैजान नपर्ने बताएपछि मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ । चिकित्सकहरूले उनको अवस्था शुक्रबार भन्दा सुधारिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार