मनाङबाट जापानी पर्यटकको उद्धार

२०८० कार्तिक १२, आईतवार

जोमसोम : राउण्ड अन्नपूर्ण पदमार्गमा गएकी एक जापानी महिला पर्यटकको मनाङको धारापानीबाट उद्धार गरिएको छ।

७४ वर्षीया जापानी महिला कुरिको कुरी बायासीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार  हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको मनाङ प्रहरीले जनाएको छ। लमजुङको बेसीसहर हुँदै राउण्ड अन्नपूर्ण चर्किय पदमार्गमा निस्किएको टोलीमा अस्वस्थ बनेकी बायासीसहित २ जना जापानी र ३ जना नेपाली पथ प्रदर्शक थिए।

उनीहरू कल्चर ट्रेक एस्पिटेसन ट्राभल एजेन्सीसँग समन्वय गरी मनाङ पुगेका थिए। जापानी गाइड जीतकाजी तामाङले आफूहरूले लिएर गएको महिला पर्यटक बिरामी भएपछि मनाङबाटै काठमाडौं फर्किएको बताए। उनले मनाङको होटलमा बास बसेको बेला राति उनी बिरामी परेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार