संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस सगरमाथा क्षेत्र जाँदै

२०८० कार्तिक १३, सोमबार

काठमाडौं : नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार सगरमाथा क्षेत्रको अवलोकन भ्रमणका लागि जाने भएका छन्। त्यहाँबाट उनी दिउँसो पोखरा जाने कार्यक्रम रहेको छ।

मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ।

त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासचिव गुटेरेस दिउँसो पोखरा भ्रमणका लागि प्रस्थान गर्नेछन्।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन्।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार