कतारका अमिरले गरे नेपाल भ्रमण स्थगित

२०८० कार्तिक १३, सोमबार

काठमाडौं : कतारका अमिर शेख बिन हमाद अल थानीले नेपाल भ्रमण स्थगित गरेका छन् । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो । परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो ।

अब कतारी अमिरको नेपाल भ्रमणको मिति आपसी छलफलको आधारमा पछि तय गरिने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार