दाङमा शौचालयबाट कैदी फरार

२०८० कार्तिक १३, सोमबार

घोराही : चोरी अभियोगमा पक्राउ परेका एकजना कैदी फरार भएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि प्रहरीले ल्याएको बेला कैदी फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि जनक मल्लले कैदी फरार रहेको पुष्टि गरे ।

उनले फरार कैदीको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । प्रतिष्ठानमा उपचार गर्न आएका कैदी सौच गर्न शौचालय जाने भएपछि प्रहरीले हत्कडि खोलेपछि उनी फरार भएका छन् । प्रहरीले चोरी अभियोगमा प्रहरी हिरासतमा रहेका कैदीको बारेमा बिबरण सार्बजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार