कालिकोटमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

२०८० कार्तिक १३, सोमबार

कालिकोट : कालिकोटको पलाँता गाउँपालिका वडा नं २ राडुनेटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी वडा नं २ का वर्ष ६५ का शिवचन्द्र न्यौपानेको मृत्यु भएको हो ।

स्थानीय जलसा बुढाले बिहानै वडा नं २ राडुनेटा बजारबाट आफ्नो घर खाँडा गाउँ जाने क्रममा शिवचन्द्रको ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु भएको जानकारी दिए ।

चालक असिन न्यौपाने घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले इलाका प्रहरी चौकी थिर्पुबाट घटनास्थलतर्फ प्रहरी गइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज जोशीले घटना भएको जानकारी पाएपछि प्रहरी त्यसतर्फ गइरहेको र थप विवरण आउन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार