प्रधानाध्यापकमाथि गोली प्रहार घटना : तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु

२०८० कार्तिक १३, सोमबार

बारा : प्रधानाध्यापकमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।  सोमबार बाराको कलैयामा निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरी हत्या गरिएको थियो ।

सो घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले  पक्राउ परेकाका तीननै जना नेपाली भएको बताएका छन् । उनले घटनाबारे  अनुसन्धान भइरहेको बताए । सोमबार दिउँसो कलैया उपमहानगर–६ मा दुई वटा  मोटरसाइकलमा आएका चार जनाको समूहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश सरार्फलाई गोली प्रहार गरी हत्या गरेका थिए ।

सरार्फ कलैयास्थित अन्नपूर्ण स्विट्सबाट मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका थिए । सोही समयमा अज्ञात समूहले छाती, टाउकोमा  चार राउन्ड गोली प्रहार गरी फरार भएका हुन् । गोली प्रहारबाट घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि बयोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार