जापानको एक अस्पतालमा गोली चल्यो

२०८० कार्तिक १५, बुधबार

काठमाडौं : जापानको टोडाको एक अस्पतालमा गोली चलेको खबर आएको छ ।

स्थानीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार दुई जना घाइते भएको बताइएको छ जसमध्ये एक जना डाक्टर र अर्का बिरामी रहेका छन् ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यममा संदिग्ध व्यक्ति ४०-५० वर्षको हुनसक्ने बताइएको छ । अधिकारीहरूले वरपरका क्षेत्रहरूलाई घेरा हालेका छन्।

टोडा जापानको सैतामा प्रान्तको एउटा सहर हो, जहाँ जनसंख्या १ लाख ४० हजार छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार