‘फिल्मको रचनात्मक शहर’ को सूचिमा काठमाडौं

२०८० कार्तिक १५, बुधबार

 

काठमाडौँ : राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो। महानगरले अब चलचित्र क्षेत्रको विकास र बिस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल (केसीएसी, केएमसी) स्थापना गर्ने पनि पत्रकार सम्मेलनमार्फत जनाएको छ।

चलचित्र क्षेत्रको विकास र बिस्तार तथा चलचित्रसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवद्र्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने बताएको छ। यसले सांस्कृतिक र रचनात्मक कला अन्तर्गतका सबै कार्यक्रमहरू गतिविधिहरू कार्यान्वयन गर्ने महानगरपालिकाको विश्वास छ।

नेपालको राजधानी शहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेको थियो। विश्व शहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ। युनेस्कोले सातवटा रचनात्मक क्षेत्र अन्तर्गत रहेर ५५ नयाँ शहर सूचिकृत गरेको हो। यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश छन्।

चलचित्र उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन नीति रहेको छ। चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, शहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रुपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गरिने बताएको छ।

चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार स्तरोन्नति गरिने जनाएको छ। पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागत प्रभावी चलचित्र निर्माणको वातावरण बनाइने लक्ष्य छ। महानगरले ल्याण्डस्केप डिजाइन, विश्व सम्पदाहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवद्र्धनहरु चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पु¥याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइने जनाएको छ।

चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधाहरू चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई सज्जालमा आवद्ध गरेर प्रवद्र्धन गरिने, अभिलेख, पुस्तकालय र हालको विकास हुने, स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिने, तथ्य तथ्यांक निर्माण गरिने, व्यञ्जन कला र शिल्प, हस्तकला उद्योगको प्रवद्र्धन मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिने महानगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार