राष्ट्र बैंकले १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

२०८० कार्तिक १५, बुधबार

काठमाडौं ; नेपाल राष्ट्र बैंकले यहि कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म बिक्री गरिने भएको हो ।

राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् । एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन् ।

यस्तै चाँदीका सिक्काको सेटमा गाई अङ्कित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अङ्कित १०/१० ग्रामका सिक्का हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार