खुम्बु भ्रमणमा आएका कोरियन नागरिक बाथरुममा मृत भेटिए

२०८० कार्तिक १५, बुधबार

सोलुखुम्बु : सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिक बाथरुममा मृत भेटिएका छन्। कोरियाका २९ वर्षीय वोङ् ह्याङ ग्याङ खुम्बु पासङ ल्हामु गाउँपालिका-४ स्थित गोक्यो रिसोर्टको बाथरुममा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार रिसोर्टमा बास बसेका ग्याङ मंगलबार राति मृत भेटिएका हुन्। उनको शव पोष्टमार्टमका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

ग्याङ गत असोज ३० गते सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु आएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार