पैसा खाएर बसेको मेयरहरूको बैठक बहिष्कार गरेको हो- बालेन शाह

२०८० कार्तिक १६, बिहीबार

काठमाडौं : बुढानिलकण्ठको एउटा रिसोर्टमा मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार राति आफ्नो सामाजिक सञ्जालमा त्यसबारे टिप्पणी गरेका छन्।

उपत्यकाका अन्य १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक राखेकाले बहिष्कार गरेको उनले बताएका छन्।

उपत्यकाका अन्य नगरपालिका प्रमुखहरूमाथि ‘देश बेच्न खोजेको’ आरोप लगाउँदै मेयर बालेनले काठमाडौं महानगर भने बिक्रीमा नरहेको टिप्पणी गरेका छन्।

‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन,’ बालेनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ।’

चल्दाचल्दैको बैठक बीचैमा छाडेर हिँडेका मेयर बालेनले यति आक्रोशित टिप्पणी गरेपछि बैठकमा आखिर के भएको थियो भन्ने प्रश्न उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार