नेपालले गुमायो तेस्रो विकेट, भुर्तेल पनि आउट

२०८० कार्तिक १६, बिहीबार

काठमाडौँ : आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल भुर्तेल १८ बलमा २६ रन बनाएर आउट भएका हुन् । यसअघि सोमपाल कामी १२ रन तथा आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका थिए ।

नेपालले ३ विकेटको क्षतिमा ४३ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो । आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार