अझै बढ्यो सुनको मूल्य

२०८० कार्तिक १६, बिहीबार

काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार