काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि भारती शेर्पाले अनसन तोडेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रिगल भनिने योगराज ढकालविरुद्ध न्यायको लडाइँ लडिरहेकी उनले सर्वोच्च अदालतको आदेशपछि अनसन तोडेकी हुन्।
पति चेतन मानन्धरका हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आममाफी दिइपछि उनले न्यायको माग गर्दै माइतीघरमा अनसन सुरु गरेकी थिइन्।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले बिहीबार रिगललाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णय बदर गर्ने आदेश दिएको थियो। त्यसलगत्तै आफूले न्याय पाएको भन्दै उनले जुस पिएर अनसन तोडेकी थिइन्।





