काठमाडौँ : नेपाली कांग्रेसका सर्लाही जिल्ला सदस्य एवं नेपाल फाउण्डेशनका अध्यक्ष विकास ठाकुरले आज हुने क्रिकेट खेलमा नेपाल जितेमा सर्वाधिक रन तथा विकेट ल्याउने दुई जना नेपाली क्रिकेट खेलाडीलाई ५०–५० हजार रुपियाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । यो प्रतिस्पर्धामा नेपाल जितेमा दुई जनालाई पुरस्कृत गर्ने अध्यक्ष ठाकुरले बताए ।
यो प्रतिस्पर्धामा नेपाल जितेमा टि–२० विश्व कप खेलमा सहभागी हुन पाउनेछ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हिजो नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको थियो ।





