पाँचखालमा आगलागी हुँदा ९ वटा पसल जले

२०८० कार्तिक १७, शुक्रबार

काभ्रे : आज बिहान काभ्रेको पाँचखालमा आगलागी हुँदा नौवटा पसल जलेका छन्। आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

शुक्रबार बिहान सवा ६ बजे पाचँखाल नगरपालिका ४ समाजकल्याण चोकमा रहेको  उद्धब प्रसाद तिमल्सिनाको घरको सटरमा विद्युत् सर्टभई अचानक आगलागी सुरु भएको जिल्ला प्रहरी कार्याल्य काभ्रेले जनाएको छ। आगलागीमा परेर तिमल्सिनाको घरमा रहेका ४ वटा कपडा पसल, ३ वटा होटल, एउटा मोबाईल पसल र एउटा मासु पसल जलेका छन्।

आगलागीमा परेर चारवटा कपडा पसल भने पूर्णरुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। होटल, मोवाइल र मासु पसल भने आंशिक मात्रै जलेका छन्। दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले झण्डै एक घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन्।

क्षतिको यकिन विवरण संकलनको काम भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार