हात्तीको बंगारासहित दुई जना पक्राउ

२०८० कार्तिक १७, शुक्रबार

काठमाडौँ : हात्तीको बंगारासहित दुई जनालाई पक्राउ परेका छन् । झापा प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ७ जरुवा टोलका ४७ वर्षीय तिखबहादुर विश्वकर्मा र ५० वर्षीय शावा लिम्बु रहेका छन् ।  गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले विश्वकर्माको घरमा खानतलासी गरेर एक केजी ७९० ग्राम तौल भएको हात्तीको बंगारा बरामद गरेको थियो ।

सोधपुछका क्रममा विश्वकर्माले लिम्बुको घरबाट ल्याएर राखेको बताएपछि लिम्बुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । उनीहरूलाई शुक्रबार जिल्ला वन कार्यालय झापामा बुझाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार