भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई बिदामा नबस्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

२०८० कार्तिक १८, शनिबार

काठमाडौं : भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारी बिदामा भएमा यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिन र तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेलाई उद्धार गर्ने कार्य भइरहेको छ । मृतक व्यक्तिको खोजी तथा पहिचान, घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षको व्यवस्थापनमा प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्‍याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउनु हुन प्रभावित जिल्लाका सबै स्थानीय निकाय एवं

 

 

स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीमा हार्दिक अनुरोध छ ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार