गाजाका लागि नयाँ सहर स्वीकृत

२०८० कार्तिक २२, बुधबार

काठमाडौं : इजराइलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टि’कुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो ।

नयाँ सहरलाई ‘हानुन’ (दयालु) भनिने छ र यो एसडिओटी नेगेभ क्षेत्रीय परिषद्को भाग हुनेछ । उक्त सहरमा करिब पाँच सय परिवारको मिश्रित तथा धर्म निरपेक्ष जनसङ्ख्या रहने छ ।

“योजनालाई स्वीकृति दिनु इजराइली दायरा (गाजा नजिकको क्षेत्र) लाई बलियो बनाउने दिशामा थप एक कदम हो”, निर्माण तथा आवासमन्त्री यित्ज्याक गोल्डनोफले भने , “हालका दिनमा म उत्तर र दक्षिणमा सङ्घर्ष द्वन्द्वग्रस्त बस्तीहरूको भ्रमण गर्दैछु, मुलुकमा सुरक्षा र बस्ती प्रवर्द्धनको आवश्यकता छ भन्नेबारे स्पष्ट आवाज आएको छ ।”

आजको स्वीकृतिले यसको जवाफ दिने र देशको निर्माणलाई अगाडि बढाउने उनिले बताए । “निर्माण तथा आवास मन्त्रालयले बस्तीको योजना, निर्माण, विकास र सुदृढीकरणको कामलाई निरन्तरता दिनेछ”, उनिले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
1

ताजा समाचार