एमाले दैलेखका नेता तर्क शाही दम्पति माओवादीमा प्रवेश

२०८० कार्तिक २६, आईतवार

दैलेख : नेकपा एमाले दैलेखका नेता तर्कबहादुर शाही नेकपा (माओवादी केन्द्र) का प्रवेश गरेका छन् । दैलेखी कम्युनिष्ट आन्दोलनका योद्धाका रुपमा चिनिने शाहीलाई आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।

उनीसँगै उनको श्रीमती सुस्मिता सिंह पनि माओवादी प्रवेश गरेकी छन् । सिंह एमाले कर्णाली प्रदेश सदस्य समेत भइसकेकी नेतृ हुन् । उनी ०७४ मा एमालेबाट नै ठाटीकाँध गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गत असोजमा भएको एमाले कर्णाली प्रदेशको अधिवेशनसँगै शाही दम्पत्ति एमालेभित्र असन्तुष्ट बनेका थिए ।  एमाले कर्णाली प्रदेशका पुर्व अध्यक्ष (त्यो बेलाको) विनोदकुमार शाहको प्रतिनिधि छनोटमा गुण्डागर्दी शैली अपनाएको भन्दै सिंहले सार्वजनिक रुपमै प्रेस नोट जारी गरेकी थिइन् ।

उनले शाहीलाई प्रतिनिधि छनोटमा हुकुमी शैली अपनाएको आरोप समेत लगाएकी थिइन् ।  उनी सात वर्ष अनेमसंघ दैलेखको वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेकी महिला नेतृ हुन् । उनी सम्पन्न अनेमसंघको राष्ट्रिय अधिवेशनमा निर्वाचित भई केन्द्रीय सदस्य तथा दैलेख–२ को इन्चार्जसमेत हुन् ।  आफुलाई प्रतिनिधि छनोट हुन नदिएपछि उनी एमालेभित्र रुस्ट बनेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार