घट्यो सुनचाँदीको मूल्य

२०८० कार्तिक २७, सोमबार

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो । जुन, आज घटेर तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार