बैतडीमा एक पुरुष मृत फेला

२०८० कार्तिक २८, मंगलवार

काठमाडौं : एक पुरुष मृत फेला परेका छन्। डिलाशैनी गाउँपालिका –७ का ढोकला बस्ने ५० बर्षीय नरेन्द्रबहादुर ऐर मंगलबार मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार सोमबार राति ८ बजे घरबाट निस्केका उनी मंगलबार बिहान मृत फेला परेका हुन्।

बाटोबाट दुई सय मिटर तल खसेको अवस्था मृत परेपछि प्रहरी टोली घटना स्थलतर्फ परिचालन भएको छ। उनको मृत्युको कारणबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार