जुवाखालबाट पूर्वजर्नेलसहित ८ जना पक्राउ

२०८० कार्तिक २९, बुधबार

ललितपुर : जिल्ला प्रहरी परिसर, ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई पक्राउ गरेको छ ।

मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पक्राउ परेको प्रहरी स्रोतले बतायो । अनुसन्धान अधिकृतहरुका अनुसार, ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।

‘पहिले घरमै खेलाउने गरेको सूचना थियो, तर खोजी हुन थालेपछि अहिले क्लासिक टावरको ए ब्लकमा खेलाउने गरेका रहेछन्’, स्रोतले भन्यो, ‘जुवा ऐनअन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं ।’ प्रहरीले उनीहरुको साथबाट १६ लाख ८२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार