जाजरकोट : जाजरकोट केन्द्रबिन्दु भएर मंगलबार फेरि भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर १५ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको परकम्प गएको हो।
यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएयता पटकपटक परकम्प गइरहेका छन्। कात्तिक १७ गते भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५४ जनाको मृत्यु भएको थियो भने ४ सय जनाजति घाइते भएका थिए।





