पोखरामा खुर्पाले हानेर बाबुको हत्या, पाल्पाबाट समातिए छोरा

२०८० कार्तिक २९, बुधबार

पोखरा : पोखरा १७ बिरौटामा छोराले खुर्पाले हानेर  बाबुको हत्या गरेका छन् । गोधुली संसार पथका रविन क्षेत्रीले ५२ वर्षका बाबु रामु क्षेत्रीको हत्या गरेका हुन् ।

रविनलाई प्रहरीले पाल्पाबाट पक्राउ गरेको छ । खुर्पाले हानेर घाइते भएका रामुको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बाबुको मृत्यु भएपछि प्रहरीले रविनको हुलिया सार्वजनिक गरेको थियो । सोही सूचना हेरेर पाल्पा प्रहरीले प्रभासबाट ग२०प ६०४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनलाई पोखरा ल्याएर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार