पोखरामा १५ देशका ६८ जना विदेशीले लगाए भाइटीका

२०८० कार्तिक २९, बुधबार

पोखरा : पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजित भाइटीका महोत्सवमा  १५ देशका ६८ जना विदेशीले टीका थापेका छन्।

होटल संघ पोखराले विदेशीलाई नेपाली संस्कृतिबारे जानकारी दिने, भाइचार बढाउने तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरेको भाइटीका महोत्सवमा विदेशीहरुको उत्साहप्रद सहभागिता भएको हो। अमेरिका, अष्ट्रेलिया, इजरायल,बेलायत, जापान, डेनमार्कलगायत देशका पर्यटकहरुलाई रेन्बो चिल्ड्रन होम नेपालका छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए।

टीका र माला लगाएपछि पर्यटकहरूलाई टोपी, सल र सेलरोटी उपहार प्रदान गरिएको थियो। छात्राहरूले महोत्सवमा देउसी भैलो गीत गाए अनि नाचगान पजि देखाए। रमाइलो मान्दै पर्यटक पनि उनीहरुसँगै तालमा ताल मिलाए। संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नाराका साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यस्तो महोत्सव आयोजना गर्दै आएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

विदेशी पाहुनाहरूले उत्सुकतापूर्वक महोत्सवमा भाग लिएको र टिका लगाई नाचगानमा रमाएको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार