पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले दिए राजीनामा

२०८० कार्तिक २९, बुधबार

काठमाडौँ : पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तान पद त्यागेको घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी–२० टिमको कप्तानीबाट राजीनामा दिएको जानकारी गराएका हुन्। पछिल्लो समय पाकिस्तानको खराब प्रदर्शनपछि कप्तान आजमको आलोचनासहित राजीनामा समेत मागिएको थियो।

‘आज, म सबै प्रकारका खेलमा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दैछु। यो एक कठिन निर्णय हो तर मलाई लाग्छ कि यो यो कलको लागि सही समय हो,’ उनले भनेका छन्। साथै, आफ्नो अनुभव र समर्पणले क्रिकेट टिमलाई समर्थन गरिहने उनले उल्लेख गरेका छन्।

साथै, कप्तानीको  महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा पाकिस्तान क्रिकेट बोर्डलाई धन्यवाद समेत उनले बुधबार उनले एक विज्ञप्तिमार्फत जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार