काठमाडौँ : नेपाल राष्ट्र बैंकले विहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७४ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ ।
युरो एकको खरिददर १४४ रुपैयाँ २० पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा रहेको छ।





