कल्भर्टमुनि बेवारिसे शव फेला

२०८० कार्तिक ३०, बिहीबार

खजुरा : बाँकेको नरैनापुरमा बिहीबार एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

नेपालगञ्ज नरैनापुर हुलाकी सडकखण्डमा पर्ने नरैनापुर गाउँपालिका-३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी ५० वर्षीय पहिचान नखुलेको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

बिहीबार दिउँसो फेला परेको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार