ईसेवा मनी ट्रान्सफरको अफर : ‘ट्याङ्गो पे’मार्फत् बेलायतबाट पैसा पठाउँदा ‘आइफोन–१५’

२०८० कार्तिक ३०, बिहीबार

ईसेवा मनी ट्रान्सफर, डिजिटल रेमिट्यान्स कम्पनीले बेलायतस्थित ‘ट्याङ्गो पे’ को साझेदारीमा ‘आइफोन योजना’ ल्याएको छ। नोभेम्बर १० बाट सुरु भएको यो योजना  जनवरी १५ सम्म लागू हुनेछ।

यो योजना अन्तर्गत बेलायतबाट ट्याङ्गोमार्फत रेमिट्यान्स गर्ने एक जनाले आइफोन–१५ जित्नेछ। साथै, इसेवा मनी ट्रान्सफरमार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई आइफोन जित्ने मौका भएको कम्पनीले जनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार