भूकम्पले चर्किएको घर भत्किदा चार जना घाइते

२०८० कार्तिक ३०, बिहीबार

रुकुमपश्चिम : रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलिमा एक घर भत्किदा चार जना घाइते भएका छन् । भूकम्पले चर्काएको झकबिर सुनारको सो घरमा बुधबार भाइटीकाको दिन टीका लगाएर खाना खान बसेको बेला भत्किएपछि चार जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठका अनुसार घर भत्किदा बाँफिकोेट गाउँपालिका –८ दुलिगाउँकी ७० बर्षीया आइती कामी, ६० बर्षीया बिरमी कामी, २९ बर्षीया एलिसा सुनार ओली र उहाँकी एक वर्ष पाँच महिनाकी डिबिनांसि ओली घाइते भएका छन् ।

घाइते चारै जनालाई उपचारका लागि बुधबार राति नै जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । उपचार पश्चात घाइते चारै जना अस्पतालबाट डिस्चार्ज भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

कात्तिक १७ गते राति आएको भूकम्पको कारण उक्त घर चर्किएको थियो । जोखिमपूर्ण अवस्थामा रहेका, चर्किएका घरमा नबस्न नेपाल प्रहरीले भूकम्प प्रभावितलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार