छठमा केराको मूल्य गत वर्षभन्दा दोब्बर

२०८० मंसिर १, शुक्रबार

लहान : छठ पर्वमा अनिवार्य रूपमा पूजा सामग्रीको रूपमा केरा प्रयोग गर्ने भएपछि अहिले केराको मूल्य दोब्बरले महँगिएको छ । छठ पर्वका लागि अत्यधिक बिक्री हुने केरा यसवर्ष निकै महँगोमा खरिद गर्नुपरेको उपभोक्ताहरूले बताएका छन् । गत वर्ष पाँच सयमा पाउने केराघारी यसवर्ष दोब्बरमा खरिद गर्नुपरेको लहान –१ का दीपक गुप्ताले बताए । यतिका महँगोमा कहिले पनि केरा किनेको थिएनौँ उनले भने। दीपक गुप्ताजस्तै केरा खरिद गर्ने हरेकले यस्तै गुनासो गरेका छन् ।

छठको लागि दुई चार दिन अगावै केरा खरिद गर्नुपर्ने भएकाले छठ पर्वमा मालभोग केरा नै खरिद गर्नेगरेको लहान –२ की पविना सिंहले बताए । केरा व्यापारी श्रीप्रसाद गुप्ताका अनुसार विगत वर्षमा भारतबाट आउने केरा छयापछ्याप्ती हुन्थ्यो, लक्ष्मीपूजाकै  दिन कैयौँ ट्रक केरा लहानमा भण्डारण हुन्थ्यो । यस वर्ष भारतीय केरा आएन, त्यही भएर महँगियो ।

आफ्नै खेतबारीमा उत्पादन गर्न सकिने केरामा समेत मधेश प्रदेश आत्मनिर्भर हुन नसक्नु विडम्बना भएको वातावरणविद् समेत रहका दिनेश यादवले भन्दै हरेक वर्ष यसरी नै परनिर्भर भइरहने हो भने कसरी हाम्रो समृद्धि सम्भव हुने उनले बताए ।

केरा उत्पादनका लागि धेरै खर्च पनि नलाग्ने यसको व्यावसायिक खेती गर्न सक्ने पर्याप्तता जग्गा लहान नगरपालिकामा रहेकाले केरा खेतीतर्फ आकर्षण बढाउन  लहान नगरपालिकाले कार्यक्रम ल्याउनै पर्ने महसुस भएको लहान नगरपालिका कृषि शाखाको प्रमुख प्रकाश साह हलुवाइले बताए ।

निर्वाचित भएर आएको एक वर्षभन्दा बढी भएपछि लहान नगरपालिकाको कृषि क्षेत्रलाई अघि बढाउन आँप बेसार, केरा, उखु र तरकारी खेतीतर्फ कृषकलाई आकर्षित गराएर रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन अर्को आर्थिक वर्षमा विशेष ढङ्गले सोचिने नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । लहान बजारले खपत गरिने केरा लहानमै उत्पादन गरिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार