रुकुम पूर्व केन्द्रबिन्दु बनाएर अर्को भूकम्प

२०८० मंसिर ३, आईतवार

काठमाडौं : रुकुम पूर्वलाई केन्द्रबिन्दु बनाएर आइतबार भूकम्प गएको छ । आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट र रुकुम पश्चिमलाई केन्द्र बनाएर पराकम्पहरु गइरहेको बेला यो नयाँ भूकम्प गएको हो ।

कात्तिक १७ मा गएको भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम केन्द्रबिन्दु बनाएर लगातार पराकम्पहरु गइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार