लखनउको एक बैंकमा भीषण आगलागी, ज्यान बचाउन मानिसहरु झ्यालबाट हाम फाले

२०८० मंसिर ५, मंगलवार

काठमाडौं : लखनउको क्यानरा बैंकको शाखामा आगलागी भएको खबर छ । हजरतगञ्जस्थित क्यानरा बैंक शाखामा आगलागी भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

उसले सार्वजनिक गरेको भिडियोमा बैंकका कर्मचारी आफ्नो ज्यान बचाउन भवनको झ्यालबाट हाम फालेको देखिन्छ । घटनास्थलमा दमकलले उद्धार र राहत कार्य भइरहेको छ । यो भवनमा आगलागी हुँदा ५० भन्दा बढी मानिस भित्र रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार