काठमाडौं : आज मंगलबार प्रतितोला सुनको मूल्य १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
हिजो सोमबार १ लाख १५ हजार ७ सय रूपैयाँमा किनबेच भएको सुन आज मंगलबार ५ सय रुपैयाँले बढेर १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन भने तोलामा १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।





