उच्च अदालत दीपायलका मुख्य न्यायाधीश निरौला पाटन सरुवा

२०८० मंसिर ५, मंगलवार

काठमाडौँ : दीपायल उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाको सरुवा भएको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले उनलाई पाटन उच्च अदालत सरुवा गर्ने निर्णय गरेको हो।

निरौला नेपालको सर्वोच्च अदालतका पूर्वमुख्य रजिस्ट्रार पनि हुन्।

उनी २०७५ माघ १५ देखि २०७७ माघ १४ सम्म सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार थिए। न्यायपरिषद्ले उनलाई मुख्य न्यायाधीशमा सिफारिस गरेपछि मुख्य रजिस्ट्रार पदबाट अलग भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार