राष्ट्रिय युवा संघद्वारा काठमाडौंमा मशाल जुलुस

२०८० मंसिर ५, मंगलवार

काठमाडौँ : एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मंगलबार काठमाडौंमा मशाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको प्रदर्शनको तयारी स्वरुप युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो ।

मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको विरोध गरेका थिए । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार