काठमाडौँबाट नेपालगन्ज उडेको बुद्ध एअरको जहाज अवतरण नगरी काठमाडौँ फर्कियो

२०८० मंसिर ६, बुधबार

नेपालगन्ज : काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ ।

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले दिएको जानकारी अनुसार बुधवार बिहान काठमाडौँबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौँ फर्किएको हो ।

उनले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुनः काठमाडौँ फर्काइएको जनाउँदै सो विमान काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको र इन्धन भरेर पुनः नेपालगन्ज उड्ने तयारीमा रहेको बताए ।

नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार